७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्यानमारका बन्दीलाई रिह गर्न अन्तर्राष्ट्रिय दबाव, साढे पाँच हजार व्यक्तिलाई रिहा गर्ने सरकारको घोषणा


0
Shares

एजेन्सी । म्यान्मारमा गत बर्ष देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ ।

गत फेब्रअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए ।

त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो । म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५ हजार ६ सय ३६ बन्दीलाई रिहा गरिने बताएका छन् । सेना प्रमुखलाई राजनीतिक संकट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो ।

दक्षिण पूर्वी एशियाली देशहरूको संगठन (आसियान)ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो । सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्वपूर्र्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताए ।

टेलिभिजनमा बोल्दै सेना प्रमुखले सैन्य नेताहरू शान्ति र लोकतन्त्रका निम्ति प्रतिबद्ध भएको जिकिर गरे । उनले उनको सरकारले प्रजातन्त्र पुनः स्थापना गर्न पाँच चरणको योजना बनाएको बताएका छन् ।