
काठमाडौं, पुस २० । कृषि विकास बैंकको करिब पाँच अर्ब रूपैयाँ लुट्ने योजना बनाउने गिरोहका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
बैंकिङ प्रणाली ह्याक गरेर पैसा लुट्ने मध्येका मोरङ रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौंमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नाइजेरियन र भारतीय नागरिकसँग भारतको मुम्बई र नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
आरोपी नेपाललाई आवश्यक कार्वाहीका लागि काठमाण्डौ जिल्ला अदालत पठाईएको पनि महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।
कृषि विकास बैंकको गोल्फुटार शाखाबाट नौं लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि उनीजस्तै १८ जना एजेन्ट पनि पक्राउ परेका थिए ।
लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्