२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व : गृहमन्त्री खाँण


0
Shares

भैरहवा, कात्तिक १ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताउनुभयो ।

गृहमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आउनु भएका मन्त्री खाँणले जनताले ठूलो दललाई सरकार चलाउने जनमत दिए पनि विगतको सरकार आफ्नै पार्टीभित्रको झगडाले ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको बताउनु भयो ।