१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा क्षति, बुधबारसम्म पानी पर्ने


0
Shares

काठमाडौं, कात्तिक १ । मुलुकका विभिन्न भागमा आइतबार रातिदेखि परेको बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा ठूलो क्षति पु¥याएको छ ।

मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो ।

नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ ।

एकदुई दिनमै धान भित्र्याउने तयारीमा रहेका कृषक धानबाली नष्ट भएपछि वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । दशैँको बेला धान पाक्ने समय हुने र गाउँघरमा जनशक्ति पनि धेरै हुने भएकाले यही बेला भित्र्याउने गरिन्छ । दुई दिनदेखिको झरिले कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढालेको छ ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषिविज्ञले सुझाव दिएका छन् । मौसमविदले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् । उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।