३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


न्हूदँ समारोह समितिका पूर्वअध्यक्ष महर्जनको कोरोनाबाट निधन


0
Shares

काठमाडौं, कात्तिक १ । नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष रमेश महर्जनको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

५७ वर्षिय महर्जन उपचारको क्रममा मेडि सिटी अस्पतालमा निधन भएको हो ।

६ दिन अगाडी महर्जन र उहाँकी श्रीमती सरिता महर्जनलाई कोरोना पुष्टि भएको थियो ।

ने.सं. ११४० र ११४१ या न्हूदँ समारोह समितिको अध्यक्ष रहेका महर्जन विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

आरबी डाइमन्ड अध्यक्ष समेत रहेका महर्जन नेपालभाषा सेवी र समाजसेवा सक्रिय हुनुहुन्थ्यो ।