९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिटमुनी लुकाएर राखेको २१ किलो गाँजासहित दुईजना पक्राउ


0
Shares

हेटौंडा, पुस २० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरी आइतबार (आज) सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषा मुख्यापट्टी–६ का ४२ बर्षिय अशोक कुमार यादव र मकवानपुर मनहरी ९ ज्यामिरेका ४० वर्षिय राजकुमार मोक्तान छन् ।

हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आइतबार चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरु सबार भारतीय नंम्बर प्लेटको गाडी समेत नियन्त्रणमा लिएको छ । उनीहरुले सिटमुनी गाँजा लुकाएर मकवानपुरको मनहरीबाट हेटौंडा आउँदै थिए ।