
काठमाडौं, कात्तिक २ । राष्ट्रिय किसान आयोगले बर्षा, बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।
धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको भनाइ छ ।
केही दिनयता मुलुकका अधिकांश स्थानमा परेको अबिरल वर्षापछि आएको बाढी र डुबानले विशेष गरी पश्चिन नेपालका कृषकहरुको धानबाली नष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्