
काठमाडौं, कात्तिक २ । दशैंपछि एकदिन मात्र बढेर ओरालो लाग्दै आएको शेयर बजारम मंगलबार पनि भारी अंकको गिरावट आएको छ ।
मंगलबार बजार खुलेसँगै २५ सय ८४ बिन्दुसम्म पुगेको बजार पुनः २४ सय ८२ विन्दुसम्म झरेको थियो ।
उतार चढावकाबीच ७७ अंकले गिरावट आउदा परिसुचक २५ सय १० विन्दुमा पुगेर थामिएको छ । कारोवार रकम भने पौने चार अर्ब हाराहारीमा भएको छ ।
मंगलबार सबै उपसुचक ओरालो लाग्दा सबैभन्दा बढी जीवन बिमा उपसमुहमा ४ सय २८ अंकको गिरावट आएको छ । यस्तै निर्जिबन ३ सय १४ अंकले ओरालो लाग्दा विकास बैक १ सय ९५, उत्पान १ सय ७५, लघुवित्त १ सय ३६, जलविद्युत १ सय १८, वित्त १ सय १२ अंकले घटेका छन् ।
यसैगरी होटल तथा पर्यटन ८८, व्यापार ५२, वाणिज्य बैक समुहमा ५१ अंकको कमी आएको छ भने अन्य समुह ३३ अंकले ओरालो लागेको छ । मंगलबार शेयर बजारमा १ सय ७८ कम्पनीको मूल्य घट्दा सात कम्पनीको मात्र मुल्य बढेको छ ।
मंगलबार २ सय २१ कम्पनीको ९५ लाख बढी कित्ता शेयर ३ अर्ब ७८ करोढ बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्