१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए १०९६ संक्रमित, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा ९ सय ५७ र एन्टिजेन परीक्षणमा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

२४ घण्टामा ८ हजार १ सय ४० जनाको पीसीआर परीक्षण र १ हजार ७ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ११ हजार ३०५ पुगेको छ ।