
सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ ।
पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।
भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् ।
काटेर खेतमा छाडेको धान बाली डुबेको छ । वर्षाले झण्डै ७५ प्रतिशत किसानको धानबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुसवाहले बताउनुभयो ।
वर्षाले किसानले लगाएको उखुबालीमा पनि नोक्सान पुर्याएको छ । बेच्ने बेलाको तरकारी बालीमा पनि वर्षाले क्षति पुर्याएपछि किसान चिन्तित छन् ।
प्रतिक्रिया दिनुहोस्