२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए


0
Shares

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका छन् ।

लाखौं किसानलाई क्रेडिट कार्ड मार्फत ऋण तथा अनुदानमा सहजीकरण गर्ने, बिउ बिजन, मलखाद, मेसिनरी सामग्री आदीको भुक्तानी गर्न सकिनेछ ।

बिक्री गर्ने सप्लायर कृषि बिकास बैङ्कको मर्चेन्ट (एजेन्ट) हुन्छ । सो मर्चेन्टसँग किसानले क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्नेछन् । कार्डमा रहेको क्युआर कोडस्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । बैंकको एपमार्फत स्क्यान गरेर भुक्तानी हुने व्यवस्था बैंकले गरेको छ । तर गत वर्ष माघबाट सुरु गरिएको यो योजनामा कृषक सहभागीता भने अत्यन्तै न्युन रहेको पाइएको छ ।

कार्डका लागि बैंकले हालसम्म ७ सय २५ पस मसिन खरिद गरिसकेको छ । आगामी फागुन सम्ममा २० हजार जनालाई कार्ड वितरण गर्ने बैंकको योजना छ ।

क्रेडिट कार्र्ड लिनका लागि कृषि विकास बैङ्कमा खाता खोलेको हुनुपर्नेछ । किसानले सो खातामा राखेको रकम अनुसार त्यसको निश्चित सीमासम्म बैङ्कले ऋण प्रदान गर्नेछ । राज्यले किसानलाई विभिन्न शीर्षकका दिने सहुलियतपनि यस कार्डमार्फत् प्राप्त गर्न सक्ने जनाइएको छ ।