
अर्घाखाँची, कात्तिक ३ । अविरल बर्षाका कारण आएको बाढीले अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला आसपासका केही बस्ती डुबानमा परेका छन् ।
खोलामा ३७ वर्ष यताकै ठूलो बाढी आएपछि बस्ती डुबानमा परेका हुन भने केहि घर पहिरोको जोखिममा परेका छन् ।
यस्तै बाँगी खोलाले दुइ वटा फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिकाको पहलमा विभिन्न बस्तीमा पसेको खोला र अवरुद्व सडक खुलाउने काम भैरहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।
खोलाले विद्युतका केही पोल बगाउँदा तारहरु छरपष्ट भएका छन ।
प्रतिक्रिया दिनुहोस्