२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुरमा कोजाग्रत पूर्णिमा मनाइँदैछ


0
Shares

जनकपुर, कात्तिक ३ । जनकपुरधामस्थित जानकी मन्दिर सहित नगरका विभिन्न मठ मन्दिर र घर– घरमा हर्षोल्लासकासाथ बुधबार कोजाग्रत पूर्णिमा मनाइँदैछ ।

कोजाग्रतको अवसरमा जानकी मन्दिरमा प्रत्येक वर्ष झै यसवर्ष पनि महोत्तरीको रतौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल, मिठाई, दही, च्यूरा, पान र मखान सहितका १ सय ८ वटा पाहुर आएको छ ।

स्वर्गीय ठाकुरको घरबाट विगत वर्ष झै यसवर्ष पनि १ सय ८ वटा पाहुर पठाइएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

१ सय १८ वर्ष पहिला महेन्द्र ठाकुरले सुरुवात गरेको पाहुर पठाउने कार्यलाई उनका परिवार मध्येका नविन ठाकुरले निरन्तरता दिदै आएका छन् ।