
काठमाडौं, कात्तिक ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलिका लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।
दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् । असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय प्रवेश बैठकका एजेण्डा छन् ।
संसदमा जारी अवरोधको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने बताउनुभएको छ ।
बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उहाँले स्थान भने भोलि तय हुने बताउनुभयो । विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उहाँले कहाँ हुने भन्ने निश्चित भइनसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्