१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्याजदरमा राष्ट्र बैकको कडाईले बढ्यो शेयर बजार, ६० अंकको सुधार


0
Shares

काठमाडौं, कात्तिक ३ । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै शेयर बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ । पछिल्ला दिन निरन्तरजसो उच्च अंकको गिरावट आउँदै गरेको शेयर बजारमा बुधबार भने ६० अंकको वृद्धि भएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंकले उकालो लागेर २५ सय ७१ पुगेर थामियो । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ ।

कारोबार भने साढें २ अर्ब हाराहारीमै सीमित रह्यो । सबै समूहमा हरियाली छाउँदा निर्जिबन बिमा समूह सबैभन्दा उच्च २ सय ४८ अंकले उकालो लाग्यो ।

जीवन बिमा समूहमा पनि १ सय ८९ अंकको सुधार आयो । यस्तै विकास बैक, उत्पादनमूलक, वित्त, जलविद्युत समुह पनि १ सय अंक भन्दा बढीले बढे । लघुवित्त, होटल तथा पर्यटन, व्यापार, अन्य समूह सय अंक हाराहारीले र वाणिज्य बैक समुह पनि दोहोरो अंकले सुधारियो । आज १ सय ७९ कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको मात्र मूल्य घटेको छ ।

बुधबार २ सय १७ कम्पनीको ६१ लाख बढी कित्ता शेयर २ अर्ब ६७ करोड बढीमा कारोवार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।