७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वर्षा पीडितको उद्दार र राहतमा लाग्न डा. महतको प्रधानमन्त्रीलाई ध्यानाकर्षण


0
Shares

काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । आफूसँगको भेटमा जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरेको उहाँको भनाइ छ ।

डा.महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।