१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पीसीआरको नाममा विमानस्थलमा ठगिए श्रमीक


0
Shares

काठमाडौं, कात्तिक ३ । वैदेशिक रोजगारीमा जाने श्रमीकहरुले पीसीआरका नाममा आफुहरु विमानस्थलमा समेत ठगिनु परेको गुनासो गरेका छन् ।

पटक पटक पिसिआर टेष्ट गर्दा बढी रकम तिर्नुपरेको उनीहरुको गुनासो छ । युएई सरकारले नेपाललाई अझै पनि रेड जोनबाट नहटाई ४८ घन्टाभित्रैको एक रिपोर्ट र ६ घन्टाभित्रै फेरि र्‍यापिड पिसिआर रिपोर्ट समेत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

विमानस्थलभित्रै पनि ६ वटा प्रयोगशाला रहेका छन् । ती प्रयोगशालाले प्रतिव्यक्ति पीसीआर टेष्टको २ हजार र र्‍यापिड पिसिआरको पनि अर्को २ हजार लिईरहेका छन् । सरकारले वास्त नगर्दा आफुहरुले टेष्टका नाममा बढी पैसा तिर्नुपरेको उनीहरुको गुनासो छ ।

एकातिर सरकारी प्रयोगशाला भन्दा बढी रकम तिर्नुपरेको र अर्कातिर सरकारबाट मान्यता समेत नपाएका प्रयोगशालामा परीक्षण गर्नुपरेको उनीहरुको गुनासो छ ।