
काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ ।
महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।
त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा लगायतका स्थानहरुमा पीडितहरुको सकुशल उद्धार गरि वेपत्ताहरुको खोजीकार्य जारी राखेको सेनाले जनाएको छ ।
उच्च जोखिममा रहेको कटानलाई तत्काल रोक्न तटबन्धमर्मत र राहत सामाग्रीहरु समेत वितरण भइरहेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्