७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


केआई सिंह राजमार्ग खुल्ने अनिश्चित


0
Shares

डडेल्धुरा, कात्तिक ४ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध केआई सिंह राजमार्ग कहिले खुल्ने अनिश्चित भएको छ ।

डडेल्धुरा–डोटी–अछाम–बाजुरा जोड्ने केआईसिंह राजमार्गको डडेल्धुराअन्र्तगत गन्यापधुरा गाउँपालिकाको पक्की सडक भत्किएको छ ।

सडकमा ठूलो पहिरोका गएका कारण तत्काल निर्माणको संभावना छैन ।

सडक अवरुद्ध हुँदा डोटी, अछाम, बाजुराको यातायात सम्बन्ध बिच्छेद भएको छ । सुदूरपश्चिममा बाढीपहिरोका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।