२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


फिफा वरीयतामा नेपाल एक स्थान तल


0
Shares

काठमाडौं, कात्तिक ४ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो ।

हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।