
सप्तरी, पुस २१ । सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी धर्ना सुरु गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा जेष्ठ नागरिकहरुले सुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।
कार्यालयको मुख्यद्वारमै धर्ना बसेका कारण कार्यालयको सम्पूर्ण कामकाज पूर्णमा ठप्प भएको हो ।
जेष्ठ नागरिकहरुले गत मंगलवार गाउँपालिका कार्यालय घेराउ गरेर सुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका छन् ।
वडा भेला–गाउँसभा पारदर्शी ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्