१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शेयर बजारमा पुनः करेक्सन, अधिकांश समूह राताम्मे, कारोबार साढें २ अर्ब


0
Shares

काठमाडौं, कात्तिक ४ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः करेक्सन आयो ।

निरन्तरजसो ओरालो लाग्दै आएको बजारमा राष्ट्र बैंकको ब्याज दर सम्बन्धी कदमसंगै हिजो उच्च अंकको बृद्धि आएकोमा बिहीबार पुनः सामान्य गिरावट आएको हो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २५ सय ५६ कायम भएर थामियो । सुरुवाती समयमा आज पनि नेप्से उकालो लागेर २५ सय ८४ को उचाई चुमेर ओरालो लागेको हो ।

कारोबार यस दिन पनि साढें २ अर्ब हाराहारीमै सीमित रह्यो । अन्य र सामुहिक लगानी कोष बाहेक अरु सबै समूह रातो रहे । जीवन बीमा र उत्पादनमूलक समूह दुबै सय अंक बढीले झर्दा अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १६ कम्पनीको ६१ लाख कित्ता शेयर २ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।