
रुपन्देही, कात्तिक ४ । रुपन्देही प्रहरीले ६ महिनाको अवधिमा ६ करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
प्रहरीले आर्थिक वर्ष २०७८/७९ अन्तर्गत बैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको चोरी तस्करीको सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याइएको सामान विभिन्न स्थानबाट बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।
तस्करी नियन्त्रणलाई अभियानका रुपमा सञ्चालन गरी ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले जानकारी गराउनुभयो । ‘चाडपर्वको समयमा कात्तिक ३ र ४ गते मात्रै ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्