१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमतीमा कांग्रेस र एकीकृत समाजवादीबीच सहमति


0
Shares

काठमाडौं, असोज ४ । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेस र एकीकृत समाजवादीले आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।

वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको र केही दिनमै पदमुक्त हुने भएकाले नयाँ मुख्यमन्त्रीको कार्यकालका सन्दर्भमा दुई दलबीच सहमति भएको हो ।

यसअघि प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सोही सहमति बमोजिम गठबन्धनले सर्कुलर गरे पनि प्रदेशमा कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको हो ।

बागमतीमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुनेछ । उहाँ नेकपा एसको संसदीय दलका नेता हुनुहुन्छ । कांग्रेस संसदीय दलका नेता भने इन्द्र बानियाँ हुनुहुन्छ । पाण्डेपछि कांग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्थामा उहाँ नै हुनुहुनेछ ।