१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ५४५ संक्रमित, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ६ हजार ५८६ पीसीआर तथा १९६३ एन्टिजेन परीक्षण गर्दा ५४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

बिहीबार ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ११ हजार ३१५ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना संक्रमित थपिएका हुन् ।