८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


उत्कृष्ट काम गर्नेलाई तिलोत्तमा नगरपालिकाद्धारा सम्मान


0
Shares

बुटवल, पुस २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ ।

विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म छन् ।

नगरपालिकाले तिलोत्तमा नगरमा भएका विकास निर्माण, सेवा प्रवाह, प्रवद्र्धनात्मक अभियान लगायतका गतिविधिलाई पत्रकारिता मार्फत् जनमानसमा पुर्‍याएको भन्दै पत्रकार टोपराज शर्मालाई सम्मान गरेको हो ।

यस्तै उत्कृष्ट किसानतर्फ तरकारी उत्पादक किसान पन्नालाल केवट र पशुपालक किसान दुर्गा भण्डारीलाई पनि सम्मान गरिएको छ ।