
काठमाडौं, कात्तिक ४ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।
प्रदेश १ मा ६०, बागमती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु भएको हो ।
यस्तै प्रदेश १ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् ।
बाढी पहिरोमा ४३ बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीले २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । प्रभावित क्षेत्रमा उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्