१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कहीँ नभएको जात्रा हाँडीगाउँमा !


0
Shares

काठमाडौं, कात्तिक ४ । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने आहान सबैका मुखमा झुण्डिएको छ ।

यही जात्रा सांस्कृतिक रमझमकासाथ काठमाडौंको हाँडीगाउँमा बिहीबार सम्पन्न भएको छ ।

स्थानीय संस्कृतिमा चोक्टे नारायणको जात्रा भनेर चिनिने यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा ।

लिच्छवि कालिन यो जात्रामा अरु ठाउँमा नहुने गजुर मुनि र गजुर भन्दा माथि देवताको मूर्ति राखेर तीन वटा खट जात्रा गरेर नगर परिक्रमा गरिन्छ ।

विश्वकर्माले बनाएका विश्वास गरिएको त्रिदेवको खट जात्रामा एकैपटक दर्शन र पूजा गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ ।

सुत्केरी व्यथा लागेका महिलालाई छुवाएर जात्राका क्रममा नारायणलाई तेल चढाए व्यथा सहज हुने र ब्रह्माको शिरमा तेल चढाउँदा दाहिने पट्टि बगे छोरा र बायाँपट्टि बगे छोरी हुने जनविश्वास समेत रहेको छ ।