
काठमाडौं, कात्तिक ४ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरका सन्दर्भमा चालेको कदमको निजी क्षेत्रले स्वागत गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले बिहीबार विज्ञप्ति जारी गर्दै तरलता अभाबको समस्या चुलिंदै गएसंगै बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा भैरहेकोमा राष्ट्र बैंकले चालेको कदम स्वागतयोग्य भएपनि तरलता अभावको मूल चुरोको पनि समाधान गर्न आग्रह गरेको छ ।
वित्तीय प्रणालीमा तरलताको मूल कारण नै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्था रहेको भन्दै यसमा परिमार्जनका लागि चेम्बरले आग्रह गरेको छ ।
सिसिडी रेसियो ८५ प्रतिशत खारेज गरी सिडी रेसियो ९० प्रतिशत गरिएकोनै तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था कायम गर्न चेम्बरले सझाएको छ ।
राष्ट्र बैंकले बैंकहरुलाई गत अघिल्लो महिनाको ब्याजमा बढीमा १० प्रतिशत भन्दा बढी तलमाथि गर्न रोक लगाएको छ । साथै, संस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याज सर्वसाधारणलाई दिने अधिकतम ब्याज भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्