१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ५ । पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।

७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

शुक्रबार ९३२ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।