१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिए


0
Shares

जनकपुर, कात्तिक ५ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरुले गरेको दुव्र्यवहारको विरोधमा प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले शुक्रबार विरोध जुलुश निकाल्दै जनमत पार्टी र सो पार्टीका अध्यक्ष सीके राउतबिरुद्ध चर्को नाराबाजी गरेका थिए । इन्जिनियरहरुले पीडितलाई न्याय दिनु पर्ने भन्दै राउतलाई कारवाहीको माग गरेका छन् ।

जुलुसमा सहभागी नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ का सहसचिव भवेश मिश्रले आफूहरुको मांग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका इन्जिनियर र प्रशासनलाई घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरुबीच झडपको अवस्थासमेत श्रृजना भएको थियो ।

समयमै सुरक्षामा खटिएका प्रहरीले जनमत पार्टीका कार्यकर्ताहरुलाई लखेटेर भगाएपछि अवस्था साम्य भएको थियो । इन्जिनियरहरुले प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालाई राउतमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ वास्तोलाले दोषिलाई कानूनबमोजिम कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।