२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


कार्तिक ९ गतेदेखि हस्तकला कोसेली मेला हुने


0
Shares

काठमाडौं, कात्तिक ५ । नेपाल हस्तकला महासंघले यही कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा मेला आयोजना गरिने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिनुभयो । उहाँले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताउनुभयो । गैर सदस्यहरुलाई स्टलको भाडा लिने र त्यसमा छुट नदिएको बताउनुभयो । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघले बताएको छ ।