३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेपाली मुलका खेलाडी विकासले च्यासलबाट ‘ए’ डिभिजन खेल्ने, विकाससँग च्यासलको १ वर्षे सम्झौता


0
Shares

काठमाडौं । इटालीमा व्यावसायीक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

युवा स्ट्राइकर विकासले आज ‘ए’ डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन् । विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका छन् ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरिएको जनाएको छ । च्यासलले विकासलाई सार्वजनिक समेत गरेको छ । विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।

‘ए’ डिभिजन लिग खेल्नका लागि विकास मंगलबार साँझ नेपाल आईपुगेका थिए । १८ वर्षीय विकासले पछिल्लो समय इटालीमा चर्चा कमाईरहेका छन् । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।

उनले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् । सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकाश १३ वर्षपछि नेपाल आएका हुन् ।