
सुर्खेत, कात्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पनि पश्चिम नेपालको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ ।
उहाँले बाढीप्रभावित क्षेत्र, सुर्खेत, कैलालीको टीकापुर र राजापुरको स्थलगत निरीक्षण गर्नु भएको हो ।
प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी कैलाली र बर्दियामा नोक्सान पु¥याएकाले अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्रीसहित प्रत्यक्ष रुपमा हेर्न आएको बताउनुभयो । उहाँले जनतासँग प्रत्यक्ष भेट्दा बास्तविकता थाहा भएको भन्दै काठमाडौंबाट आउनुअघि पनि केही राहतका कार्यक्रम दिएको र फर्किएपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउने आश्वासन दिनुभयो ।
कैलाली भ्रमणका क्रममा सुदूरपश्चि प्रदेश सभा सदस्य तथा कांगे्रस संसदीय दलका नेता डा. रणबहादुर रावलले कर्णालीको बाढीबाट खाद्यान्न र घरबारविहीन भएकालाई राहात उपलब्ध गराउन माग गर्नुभयो । स्थानीय किसानले २०४० सालको बाढीपछि कर्णाली नदीको सतह नै अग्लिएको र वर्षेनी बाढीले समस्या पार्न थालेको बताएका थिए ।
प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बाढीबाट टिकापुर नगरपालिकामा भएको क्षतिको विवरण पेश गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले कैलालीको जानकी गाउँपालिका ९ खैरिफाँटा, भजनी नगरपालिका ७ चर्चा लगायतका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।
सुर्खेत पुग्नु भएका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गर्नुभएको थियो । त्यसक्रममा उहाँले राहतको लागि सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्