
मध्यपुरथिमि, पुस २२ । मध्यपुरथिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले मंगलबार जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।
हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु. सात लाख तीन हजार एक सय ९० तथा सात हजार छ सय ६० भारतीय रुपैयाँ गरी कूल रु. सात लाख १५ हजार चार सय ४६ सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्