८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


यी हुन् १३६ जनाको बलात्कारी, जसले गरे १५९ यौन अपराध


0
Shares

एजेन्सी, पुस २२ । बेलायत प्रहरीले १३६ वटा बलात्कारमा घटनामा संलग्न एक अपराधीलाई सार्वजनिक गरेको छ ।

१३६ वटा बलात्कारमा संलग्न रहेका व्यक्ति इन्डोनेसियाका रिनहार्ड सनागा रहेको प्रहरीले जनाएको छ । उनी १५९ वटा यौन अपराधमा संलग्न भएका दावी बृटिश प्रहरीको छ ।

यसअघि दुई मुद्दामा दोषी ठहरिएर आजीवन जेल सजायँ भोगिरहेका सनागा माथि १३६ वटा बलात्कार, ८ वटा बलात्कारको प्रयास र अरु १४ अपराधमा दोषी ठहर गरिएको हो ।

सनागाले १९० जना मानिसलाई निशाना बनाएको दावी पनि प्रहरीले गरेको बीबीसीले जनाएको छ । निकै वर्षदेखि उनी पुरुष बलात्कारमा संलग्न भएको जनाइएको छ ।

बेलायतको न्यायिक इतिहासमा सनागा सम्भवतः सबैभन्दा खतरनाक बलात्कारी भएको प्रहरीले जनाएको छ । सनागालाई रिहा गर्नु खतरनाक हुने भन्दै अदालतले पनि उनलाई आजीवन जेल सजायँ दिएको छ । उनलाई कम्तिमा पनि ३० वर्ष जेलमा राख्न न्यायाधीश सुजैन गोडार्डले आदेश दिएका हुन् ।

नाइट क्लब र बारबाहिर बसेर त्यहाँबाट निस्कने पुरुषलाई कुर्ने, रक्सी खुवाउने वा ट्याक्सी बोलाइदिने लोभ देखाउँदै आफ्नो फ्ल्याटमा लगी बेहोश बनाउने औषधि दिएर बलात्कार गर्ने गरेको बताइएको छ ।

पक्राउ पर्नुअघि सनागा युनिभर्सिटी अफ लिड्समा पिएचडीका विद्यार्थी भएको पनि प्रहरीले उल्लेख गरेको छ । एक व्यक्ति बलात्कारका क्रममा होशमा आएको र प्रहरी बोलाएपछि सनागालाई जुन २०१७ मा पक्राउ गरिएको थियो ।

प्रहरीले सनागाको मोबाइल फोन अनुसन्धान गर्दा उसले बलात्कारका क्रममा बनाएका सयौं घन्टाको भिडियो फेला पारेको थियो । यही भिडियोमार्फत् बेलायती इतिहासकैसबैभन्दा ठूलो बलात्कार घटनाको अनुसन्धान सम्भव भएको थियो ।

सनागाले पीडितलाई बेहोस बनाउन निकै खतरनाक प्रतिबन्धित लागूऔषधको प्रयोग गर्ने गरेको थियो । आफूलाई निर्दोष दावी गर्ने सनागाले भने सबै पुरुषले सहमतिमै सम्बन्ध बनाएको बयान दिएको छ ।