
काठमाडौं, कात्तिक ७ । केहि दिन स्थिर रहेको सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले बढेको छ ।
आइतबार सुनको मूल्य तोलामा ४ सयले बढेर ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन शुक्रबार प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा अहिले सुन प्रतिऔन्स १७ सय ९६ डलर र चाँदी प्रतिऔन्स २४ डलर हाराहारीमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्