१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलि एक लाख डोज फाइजरको खोप नेपाल आउँदै


0
Shares

काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ ।

नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप सोमबार आईपुग्ने ट्वीटरमार्फत जनाएको हो ।

१२ देखि १८ बर्षसम्मका बालबालिकालाई लगाउन सकिने फाइजरको खोप दुई डोज लगाउनुपर्ने हुन्छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत यस अघि १५ लाख ३४ हजार डोज जोन्सनको खोप उपलब्ध गराएको थियो ।

५ देखि ११ बर्ष उमेर समुहका बालबालिकामा यो खोप ९१ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । सरकारले पनि ६० लाख डोज फाइजर खोप खरिद गर्दैछ ।