
web pic
सल्यान, कात्तिक ७ । सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
कपुरकोट –३ मुलपानीमा अनियन्त्रित भएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते सल्यानका १८ वर्षीय आयुष बस्नेतको उपचारका लागि दाङ लैजाँदै गर्दा मृत्यु भएको हो ।
सल्यानको थारमारेबाट दाङतर्फ जाँदै गरेको जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्