१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एएफसी यू-२३ एसियन कप छनोटमा राम्रो नतिजाको तयारीमा मुख्य प्रशिक्षक महर्जन


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एएफसी यू-२३ एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

ताजिकिस्तानमा आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताएका हुन् ।

विपक्षी टिम राम्रो भएपनि आफुहरुले नतिजाका लागि सक्दो प्रयास गर्ने उनको भनाई छ । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भोलि इरानसँग प्रतिस्पर्धा गदैछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको कारण टिमले छोटो तयारी मात्र गर्न पाएको बताए ।

कप्तान तथा गोलकिपर अर्पण कार्कीले टिमको तयारी राम्रो रहेको बताए । उनले प्रतिस्पर्धाका लागि टिम तयार भएको समेत बताए । नेपाली टोलीले तयारी स्वरूप शुक्रबार इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको थियो ।

छनोटको यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।