
काठमाडौं, कात्तिक ७ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय फेरि सर्ने भएको छ । काठमाडौंको थापाथलीमा रहेको केन्द्रीय कार्यालय अब ललितपुरको च्यासलमा सर्ने भएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अबदेखि केन्द्रीय कार्यालय च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने छ ।
धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानबाट बैशाख १ गते थापाथली हाइटमा कार्यालय सारिए पनि उक्त स्थान पनि साँघुरो भएपछि सबैजसो बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमै गर्ने गरिएको थियो ।
यससम्बन्धि जानकारी दिँदै पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानकाबीच आज महत्वपूर्ण समझदारी । अब केही समयपछिदेखि नेकपा(एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन् ।’
बल्खुमा रहेका केन्द्रीय कार्यालय २०७२ को भूकम्पले भत्काएपछि एमालेले धुम्बाराहीमा कार्यालय सारेको थियो ।
प्रतिक्रिया दिनुहोस्