१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीपीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छुट्टै राहत : मन्त्री रेग्मी


0
Shares

काठमाडौं, कात्तिक ७ । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल थालेको जानकारी दिनुभयो ।

मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको स्पष्ट गर्नुभयो ।

मन्त्री रेग्मीले विपद्मा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।