
फाइल तस्बिर
जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए ।
कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज ठप्प पारेका थिए ।
सुरक्षाको प्रत्याभूतिको माग गर्दै कामकाज ठप्प पारेपछि सुरक्षा ब्यवस्था बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस्