१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने


0
Shares

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने डिसहोमले जनाएको छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका हरेक खेलहरु एक्सन स्पोर्ट्स एचडी २ मा प्रशारण भईरहेको कम्पनीले जनाएको छ ।