१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाढी-पहिरो प्रभावितका लागि तत्काल बसोबासको कार्यक्रम ल्याउने : प्रधानमन्त्री देउवा


0
Shares

इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ ।

उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी प्रदेश– १ को इलाम र पाँचथरमा नोक्सान पु¥याएकाले तत्काल अस्थायी र स्थायी बसोबासको व्यवस्थापनको कार्यक्रम ल्याउने आश्वासन दिनुभयो ।

पाँचथरमा मंगलवार राती र बुधबार बिहान गएको पहिरोमा परी ३० जनाको मृत्यु भएको थियो भने ४ जना अझै बेपत्ता छन् । इलाममा मात्रै एकै घरका ४ सहित १४ जनाको मृत्यु भएको छ । अझै केही बेपत्ता छन् भने सयौ नागरिक घरबारविहीन भएका छन् ।