
काठमाडौं, कात्तिक ७ । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।
गत २४ घण्टामा ८७७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्