
सिन्धुली, कात्तिक ७ । सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।
गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ६ जना आफन्त, एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ गरी कार्वाही चलाएको छ ।
सो घटनामा संलग्न विवेक मगर, शिव मगर र हेम लामालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो भने दीपक मगर, अर्जुृन मगर ,धनबहादुर मगर र मिलन लामालाई महोतरीको बर्दिबासबाट पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्