
काठमाडौं, कात्तिक ७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पु¥याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो ।
संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदुत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताउनु भयो । उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराउनु भयो ।
उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिनु भयो । उहाँले आफूले रक्षामन्त्री हुँदा त्यसकालागि पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्