४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025

नेप्से एकैदिन ८७ अंकले वुद्धि, सबै समूहमा हरियाली


0
Shares

काठमाडौं, कात्तिक ८ । शेयर बजारमा सुधारको संकेत देखिएको छ ।

निरन्तरजसो ओरालो लाग्दै आएको बजारमा पछिल्ला दुई दिन नेप्से सुधारिएको हो ।

आइतबार २७ अंकले उकालो लागेको बजारमा सोमबार ८७ अंकको उछाल आयो । सोमबार कारोबार पनि सामान्य सुधारिएर साढें ४ अर्ब नजिक पुग्यो ।

नेप्से ८७ अंकले उकालो लागेर २६ सय ७२ पुग्यो । सबै समूहमा हरियाली छाउँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ५ सय ३७ अंकको बृद्धि आयो । निर्जीबन बीमा समूह पनि ४ सय ६७ अंकले उकालो लाग्यो ।

विकास बैंक समूहमा ३ सय अंक र जलविद्युत समूहमा पनि २ सय अंकको सुधार आयो । वित्त समूह पौने २ सय अंकले उकालो लाग्दा उत्पादनमूलक र लघुवित्त समूहमा पनि सय अंक माथिको बृद्धि आयो । बाँकी समूह पनि अधिकांशजसो दोहोरो अंकले उक्लिए ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ८४ लाख कित्ता बराबर शेयर ४ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । १ सय ८३ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको घटेको र एउटाको स्थीर रहेको नेप्सेले जनाएको छ ।