५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


हिन्दु धर्मको माग गर्दै भैरहवामा धर्मसभा


0
Shares

भैरहवा, कात्तिक ८ । हिन्दु धर्मको माग गर्दै भैरहवामा आर्शीवचन एवं आध्यात्मिक जागरण एकता विराट धर्मसभा सुरु भएको छ ।

अनन्त श्रीविभूषित श्रीजगत गुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा धर्म सभा सुरु भएको हो ।

नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने माग गर्दै भारतका हिन्दु धर्मका वरिष्ठ जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वतीजी महाराजसहित देशभरबाट एक सय बढी नेपाली हिन्दु धर्मगुरुको सहभागिता रहेको छ ।

विराट धर्म सभा सुरु हुनुअघि भैरहवामा शोभा यात्रा निकालिएको छ । स्वामी श्री निच्चलानन्द सरस्वती जी महाराजले हिन्दु धर्मका विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

आध्यात्मिक गुरु तथा हिन्दू विद्यापीठ स्कूलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दू राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताउनुभयो ।